Welcome to Veterinary Hospital Management Information System

Livestock Service Office, Dhading 
VHMIS Version 1.0


पशु स्वास्थ्य सेवा प्रणालीलाई आधुनिक, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले भेटेरिनरी अस्पताल व्यवस्थापन सूचना प्रणाली निर्माण गरिएको हो |

VHMIS Version 1.0 अन्तर्गत यो प्रणालीले विशेष रूपमा रगत परीक्षण, बायोकेमिकल परीक्षण, भाइरोलोजी परीक्षण, मेजर अपरेशन, तथा पशु स्वास्थ्य परीक्षण सेवा शुल्कहरूको डिजिटल व्यवस्थापनमा केन्द्रित छ।हालसम्म यस्ता सेवाहरूको शुल्क व्यवस्थापन म्यानुअल रूपमा सञ्चालित हुँदै आएको छ, जसले गर्दा डेटा व्यवस्थापन, सेवाको पारदर्शिता, र शुल्क संकलनमा समस्या देखिँदै आएको छ। यो प्रणालीले डिजिटल माध्यमबाट परीक्षण सेवाको अभिलेख राख्ने, शुल्क दर तोक्ने, र राजस्व संकलनको विवरण व्यवस्थापन गर्ने सुविधा प्रदान गर्दछ।

उपयोगकर्ताले सहजै कुन परीक्षण गरिएको हो, कति शुल्क लाग्छ, परीक्षणको मिति, पशुको विवरण, र राजस्वको विवरण हेर्न सक्नेछन्। यसले सेवा प्रवाहमा पारदर्शिता ल्याउने, डेटा विश्लेषण सहज बनाउने, र पशु स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्ने अपेक्षा गरिएको छ।